मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रसियन कल्चर सेन्टरमा साेमबार आयोजित सम्मान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड ।
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १९:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डले भने – जापानमा भौतिक विकास त रहेछ, आत्मिक विकास रहेनछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १९:४४:००

माओवादी अध्यक्ष प्रचण्डले भौतिक विकाससँगै सांस्कृतिक, आत्मिक र चेतनाको विकासले मात्र समाज सुमधुर ढंगले अगाडि बढ्न सक्ने बताएका छन् । 
आफ्नो हालैको जापान भ्रमणको अनुभव सुनाउँदै उनले भौतिक विकासमा जापान निकै माथि पुगे पनि आत्महत्याका घटना निकै धेरै हुने गरेको बताए । समाजलाई सुमधुर बनाउन वैचारिक चेतना अनिवार्य हुने उनको भनाइ छ । 


‘जापानको विकास धेरै लोभलाग्दो छ तर मैले त्यहाँका धेरै बुद्धिजीवी तथा स्थानीय नागरिकहरूबाट सुनेँ, आत्महत्या धेरै हुने देशभित्र जापान पनि पर्दोरहेछ । यत्रो विकसित देशमा यति धेरै आत्महत्याका घटना किन हुन्छन् भन्ने जिज्ञासा मैले राखेँ,’ उनले भने, ‘भौतिकसँगसँगै आत्मिक चेतना भएन भने समाजमा सामाञ्जस्यता कायम हुन नसक्ने रहेछ । भौतिक विकास मात्रै पर्याप्त हुने रहेनछ ।’


आज रसियन कल्चर सेन्टरमा आयोजित एक सम्मान कार्यक्रममा प्रचण्डले यी दुईबीचको सन्तुलनले मात्र समाज र मानव जीवन पनि सहज ढंगले अगाडि बढ्ने संसार र हाम्रै अनुभवले देखाउने बताए ।