Skip This
वडामै योजना सम्झौता, वडामै बैंकको खाता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ श्रावण ३० सोमबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडामै योजना सम्झौता, वडामै बैंकको खाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १८:३६:oo

बाग्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजनाहरू वडा तहमै सम्झौता गर्न लागेको छ। आमउपभोक्ताको सहजताको लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बताए। 

योजना सम्झौतामा यस वर्ष उपभोक्ताले सहज रूपमा सेवा लिनेछन्। नगरपालिकाले योजना सम्झौता, स्वास्थ्य शिविर, अपांगता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर वडा र गाउँमा पुगेको हो।  

आमनागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको नगरप्रमुख श्रेष्ठले बताए। नगरपालिका ११ को रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ। घुम्ती सेवा शिविरको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शुभारम्भ गरेका थिए। 

नगरपालिकाले विषेश गरी ग्रामीण क्षेत्रमा रहेका वडा ५ देखि १४ सम्मका आमउपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको हो। अन्य वडाका योजनाहरू घुम्ती शिविर सञ्चालनपश्चात् नगरपालिका कार्यालयबाट नै नियमित सम्झौता गर्ने बताइएको छ।