निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
मनीष खड्का रुकुम पूर्व
२०७९ श्रावण ३० सोमबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कसैको बुई चढेर चुनाव लड्दैन : उपमहासचिव ज्ञवाली

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७९ श्रावण ३० सोमबार १३:५५:००

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन्। सोमबार प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका हुन्।

यद्यपि, मुद्दा मिल्नेसँग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ। स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरूसँग एकता हुन सक्ने उनले बताए। ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ, चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ। त्यो पनि जनादेशको हो, परमादेशबाट होइन,’ उनले भने।

चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालीन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताए। प्रदेश संख्या बढाएर १४ पुर्‍याउनुपर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरूसमेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे।

फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरे। विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भए पनि अन्य विषयमा थप छलफल गरेर त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो।