१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपरका विषयमा भ्रम नफैलाउन कपुरकोट गाउँपालिकाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:२३:oo

सल्यानको कपुरकोट गाउँपालिकाले कपुरकोट निगालपानी सडकखण्डमा टिपर सञ्चालनका विषयमा सर्वसाधारण नागरिकलाई भ्रम फैलाउने प्रयास नगर्न अनुरोध गरेको छ। शनिबार एक अपिल जारी गर्दै गाउँपालिकाले यस विषयमा सामाजिक सञ्जालमा विभिन्न अनधिकृत प्रचारबाजी भएकाले आधिकारिक धारणा सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको हो।

अपिलमा गाउँ कार्यपालिकाको ७१औँ बैठकबाट निर्णय गरी सडकमर्मत र धुलो नियन्त्रणका लागि प्रभावकारी काम नभएसम्मका लागि उद्योगीहरूलाई अनुरोध भएपछि सडकको स्तरोन्नति कार्य भइरहेको उल्लेख छ। प्रभावित क्षेत्रका नागरिकहरूले समेत सडक स्तरोन्नति कार्य राम्रो भएको प्रतिक्रिया आइरहँदा चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउन सक्ने कानुनी हैसियत नभएकाले नागरिकको पक्षमा सहयोग पुग्ने गरी उद्योगीहरूसँग सहमति गरिएको बताइएको छ।

गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीको संयुक्त हस्ताक्षर रहेको अपिलमा टिपर सञ्चालनका विषयमा उद्योगीहरूसँग भएको ८ बुँदे सहमतिलाई कार्यपालिकाको ८०औँ पूर्ण बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरिसकेको उल्लेख गरिएको छ। यस घटना क्रममा केही स्वार्थ समूहद्वारा जनप्रतिनिधिको चरित्र हत्या गर्ने र जनप्रतिनिधिहरूका बीच दरार सिर्जना गर्ने अभिप्रायले भ्रामक समाचार सम्प्रेषण गर्ने, जनप्रतिनिधिहरूबाट अनुमोदित निर्णयलाई समेत गलत ढंगबाट व्याख्या गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने प्रयास गरिएकाले यसो नगर्न सबैमा अनुरोध गरिएको छ।

ad
ad