१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार ०८:११:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार ०८:११:००

नमुना स्पोर्टस् क्लबको आयोजनामा ललितपुरको गोदावरीमा शुक्रबारदेखि १९औँ संस्करणको दिनेश स्मृति गाईजात्रा कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गोदावरी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शुक्रबार भएको खेलमा आयोजक नमुना स्पोर्टस् क्लब ‘ए’ले सिर्जनशील युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

गोदावरी विकास युथ क्लबले नयाँबाटो युथ क्लबलाई २–० ले हरायो । गोदावरी युनाइटेडले प्रहरी एफसीलाई १–० ले पराजित गरेको छ । नवसमकालीन समाजले शान्ति वन युथ क्लबलाई ३–१ ले तथा लाकुर फुटसलले ड्रिमर एफसीलाई २–१ ले पराजित गर्दै अन्तिम आठको स्थान बनाए ।

टौखेलले गतिशील युथ क्लबलाई पेनाल्टीमा ५–४ ले हरायो । खालीबारी एफसीले आयोजक नमुना ‘बी’लाई पेनाल्टीमै ५–३ ले तथा लास्टआउट खुमलटारले नवसोच युथ क्लबलाई पेनाल्टीमै ५–४ ले निराश पारे । विजेताले १० हजार रुपैयाँ हात पार्नेछ । नकआउटका आधारमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।