मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २६ बिहीबार १८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको दाबा - देश खोक्रो पार्ने जरा उखेल्न आएको हुँ

Read Time : < 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार १८:३९:००

राष्ट्रिय स्वत्रन्त्र पार्टीका संयोजक रवि लामिछानेले पुराना दलको कार्यशैलीबाट आजित भएका जनतामा आफ्नो पार्टी विकल्पको रूपमा उदयमान भएको बताएका छन् । पार्टी गठनपछि देश दौडाहमा रहेका लामिछानेले बिहीबार चितवनको खैरहनी नगरपालिकामा आयोजित नगरसभालाई सम्बोधन गर्दै जनतालाई २४ सै घण्टा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन रास्वपाको जन्म भएको दाबी गरे । 

‘पुराना राजनीतिक दलले गरेको भए हामी आउनुपर्ने थिएन । सञ्चार क्षेत्रमा रहँदा जनताको दुःख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा रास्वप लिएर आएका छौँ,’ उनले  भने, ‘जनता र उनीहरूको स्वास्थ्य सुरक्षाका लागि २४ सै घण्टा सम्पर्कमा रहनेछौँ ।’
लामिछानेले सञ्चारकर्मीका रूपमा काम गर्दा देशलाई खोक्रो पार्ने हाँगाहरू मात्र समातिएको र त्यसका जराहरूलाई प्रमाणसहित सार्वजनिक गर्दै राज्यलाई दुर्घटनाबाट बचाउनसमेत आफू मैदानमा ओर्लिएको बताए । ‘आफ्नो मान्छे भर्न र दलाल बिचौलियाहरूको गुलामीमा मस्त सरकारले जनताको गुनासो, दुःख र सुख बुझेनन् त्यसैले पुराना दलहरूलाई चुनौती दिँदै भर्खरै जन्मिएको पार्टी जनताको मायाले एक्लै लड्न मैदानमा उभिएको छ,’ उनले  भने । 

उनले रास्वपालाई भात्तृसंस्था, नातावाद कृपावाद विस्तार गर्नुनपरेको भन्दै इमानदारीका साथ निष्ठावान र क्षमतावान जोसुकै पार्टीसँग आबद्व हुन सक्ने बताए ।
सभामा ‘सर्वसाधारण नागरिकका लागि मेरो परिकल्पनाको देश’ विषयक खुला बहससमेत सञ्चालन गरिएको थियो ।