निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १४ शुक्रबार
  • Friday, 30 September, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेराेना अपडेट : पाँचकाे मृत्यु, ८१५ नयाँ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार १६:३९:००

देशभर पछिल्लो २४ घन्टामा आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसिआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।हाल सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार ६ सय ७७, संस्थागत आइसोलेसन एक सय ९२, आइसियूमा ६० र भेन्टिलेटरमा आठजना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार नौ सय २२,  ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।