Skip This
हिमालयन बैंकले सुरु गर्‍यो अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २६ बिहीबार ११:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकले सुरु गर्‍यो अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २६ बिहीबार ११:१२:oo

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्ड सञ्चालनमा ल्याएको छ । क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमान खरिद गर्ने खरिदकर्ता तथा प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूका लागि लक्षित गरी जारी गरिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखि सम्बन्ध रहेको बताए । विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुईवटा नयाँ कार्ड सञ्चालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेको उनको भनाइ थियो । उक्त कार्डले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने उनको भनाइ थियो । 

अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसको दुवै कार्डले प्रयोगकर्तालाई समग्रमा यात्रा तथा विभिन्न सामानहरू खरिदमा उच्चतम लाभको अनुभूति गराउने बताइन् । 

विभिन्न सुविधा
यी दुवै प्रकारका कार्डमा विभिन्न सुविधा दिएको बैंकले जनाएको छ । जसअनुसार हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिटकार्डका प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरेबापत आधा प्रतिशत वा बढीमा वर्षको तीन हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, प्रिपेड कार्ड प्रयोगकर्ता विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरेबापत आधा प्रतिशत वा बढीमा प्रतिवर्ष दुई हजार चार सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । 

त्यस्तै, क्रेडिटकार्ड प्रयोगकर्ताले क्लब हिमालयमा कम्तीमा दुई रातको बुकिङ गर्दा होटेलका तर्फ बाट एकरात निःशुल्क कोठा प्राप्त गर्न सक्ने जनाइएको छ । युनाइटेड कर्लस अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकमा १० प्रतिशत सम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका साथै यस कार्डका प्रयोगकर्ताले संसारभरिका लाउन्ज बडिलाउन्जेजमा प्रवेश पाउने जनाइएको छ । त्यस्तै, रेन्टलकारसडट्कम्बाट बुकिङ गर्दा १० प्रतिशत छुट र एभिस कारसमा बुकिङ गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

त्यस्तै, प्रिपेड कार्ड प्रयोगकर्ताले स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानमा १५ प्रतिशतसम्म, मिसियोमा ३३ प्रतिशत र बुकिङडट्कम्मा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने जनाइएको छ ।