सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानुनी उपचारका लागि शाहले सर्वोच्चमा रिट दिएकी थिइन् । त्यसमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासको फाइल झिकाउने आदेश दिएको हो । सर्वोच्चले शाहलाई नियुक्ति गर्दा र हटाउँदाको सम्बन्धमा भएका निर्णयसम्बन्धी सक्कल फाइल तथा शाहको व्यक्तिगत फाइल झिकाएको हो ।
आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५-१२-१९ मा रि निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९-३-२४ मा न्यायपरिषदबाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फायल तथा निजको व्यक्तिगत फायल न्यायपरिषद् सचिवालयबाट पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने ।’
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणु १९ चैत ०७५ मा उच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषद्ले गत २४ असारमा उनलाई पदबाट हटाउन सिफारिस गरेको थियो ।
सो निर्णयविरुद्ध अदालत गएकी शाहले आफूलाई गलत ढंगले र गैरकानुनी रूपमा पदबाट बर्खास्त गरिएको दाबी गरेकी छिन् । सिटिइभिटीमा २० वर्ष कार्यरत रहँदा कानुन र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेस गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको ठहर गर्दै न्यायपरिषद्ले बर्खास्त गर्न सिफारिस गरेको थियो ।
न्यायाधीशबाट शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै
काठमाडौं । आफूहरुलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धा…
प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे कानुन मन्त्रालयमा छलफल
काठमाडौं । प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा कानुन मन्त्रालयमा छलफल भएको छ। शुक्रबा…
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन सम्पन्न
काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली …
बारामा तीन सवारीसाधन ठोक्किँदा १० जना घाइते
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ मा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एक–आपसमा ठोक्किँद…
राष्ट्रिय निर्देशन ऐन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एनप्याब्सनलाई निलम्बन
काठमाडौ‌ं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लाग…
बिचौलियाको सञ्जालको जरासम्म पुगेर छानबिन गर्न सरकारसँग रञ्जु दर्शनाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले बिचौलियाहरूको सञ्जालको निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कानु…