हिमाल जोगाउन विश्वव्यापी सहकार्यको आह्वान, नेपालका चार प्रस्तावलाई ५३ देशको समर्थन

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग सहकार्यको आह्वान गरेका छन्।

थाइल्यान्डको बैंककस्थित युएन इएससिएपी मुख्यालयमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रमा आउने विपतकाे असर सीमापारसम्म पर्ने बताए। 

मन्त्री श्रेष्ठले नेपालका तर्फबाट चार प्रमुख प्रस्ताव अघि सारे। ती प्रस्तावमा अन्तरिक्ष प्रविधि तथा तथ्यांक आदानप्रदान, सूचना र ज्ञान साझेदारी, विपत् व्यवस्थापनका लागि अनुदानमा आधारित वित्तीय सहयोग र हिमाली समुदायको हरित भविष्यमा लगानी रहेका छन्।

उनले जलवायु परिवर्तनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि यसको प्रत्यक्ष असर नेपालले भोगिरहेको उल्लेख गरे। नेपालका यी प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन्।

सुझावित समाचार