मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ श्रावण २१ शनिबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मृतकका परिवारलाई राहत रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ श्रावण २१ शनिबार ११:२८:००

चट्याङ लागेर ज्यान गुमाएका लिखु तामाकोसी– ४ कल्लेरीका ५९ वर्षीय दिलबहादुर गाहा मगरको परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले घरमै पुगेर सरकारी राहत हस्तान्तरण गरेका छन्।

गत साउन १ गते बुधबार चट्याङ लागेर ज्यान गुमाएका मगरकी ५७ वर्षीया श्रीमती धनमाया मगरलाई प्रजिअ पहाडी र लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले संयुक्त रूपमा नगद दुई लाख ५० हजार रुपैयाँ राहत रकम उपलब्ध गराएका हुन्। राहात रकम हस्तान्तरण गर्दै प्रजिअ पहाडीले विपद् जुनसुकै समयमा र जोसुकैलाई पर्न सक्ने भन्दै सम्यमता अपनाउन सक्नुपर्ने बताए ।