Skip This
वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आइसिटी अवार्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार o९:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आइसिटी अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार o९:१७:oo

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इन्नोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी)को महत्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । 

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएका आधारमा यस्तो अवार्ड दिइएको कम्पनीको दाबी छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेको जनाइएको छ । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले नेपालका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा बृहत् फाइबर नेटवर्क निर्माण गरी नेपालका ७५ जिल्लाहरूमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । हाल ६ लाख ४५ हजारभन्दा बढी घर तथा नौ हजारभन्दा बढी संघ–संस्था, बैंक एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरूलाई इन्टरनेट एवं डेटा कनेक्टिभिटीलगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्री वाइफाई सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमार्फतको परियोजनाअन्तर्गत कम्पनीले कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापूर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।