बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेकाे मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो ।
एकजना मन्त्रीले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्काे व्यवस्था नभएसम्म अर्थसचिवकाे समेत जिम्मेवारी दिइएको ती मन्त्रीले जानकारी दिए ।
सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
बिहीबारै सचिवमा बढुवा गरिएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुखसचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
निर्वाचन घोषणाकै दिन सचिवहरूको सरुवा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट गुमायो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खे…
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, करिब तीन हजार घाइते
काठमाडौं/ दसैँको अवधिमा देशभर भएका एक हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइ…
नक्कली शैक्षिक प्रमाणपत्र भेटिएपछि बालविकास शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं/ कैलालीको बर्दगोरिया गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताविरुद्ध अख्तियार दुरुपयोग अन…
कांग्रेस सांसदको डेरामा चोरी गर्ने चारजना पक्राउ
काठमाडौं/ नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)को डेरामा चोरी गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। कलंकीस्थित…
सल्यानमा शंकास्पद वस्तु फेला
सल्यान/ त्रिवेणी गाउँपालिकामा घाँस काट्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ। त्रिवेणी–३, पिमखोलाको रिठाबोट ट…
बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बिहीबार रातिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको जोखिम, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने