१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साफ यू– २० पुरुष फुटबल च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:१६:oo

भारतमा जारी साफ यू– २० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशविरुद्ध हुने खेल नेपाली समयअनुसार मध्याह्न ४: १५ बजे सुरु हुनेछ।

नेपाललाई फाइनल प्रवेशका लागि बंगलादेशलाई कम्तीमा ९–० गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ। साथै, भारत र माल्दिभ्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने छ । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बंगलादेश तीन खेलमा अपराजित रहँदै नाै अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत तीन खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। माल्दिभ्स र श्रीलंका एक–एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन्।

आज बंगलादेशलाई नाै गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आवश्यकता परेको हो । 
 

ad
ad