१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्यारासुट स्याम्पुको ‘सँगीको साथ साउन’ क्याम्पेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३५:oo

प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलालाई लक्षित गरी ‘सँगीको साथ साउन’ नामक एकमहिने क्याम्पेन सुरु गरेको छ । क्याम्पेनमार्फत कम्पनीले सेवाग्राहीसँगको सम्बन्ध ब्रान्डमार्फत अझ प्रगाढ बनाउने उद्देश्य लिएको हो ।

क्याम्पेन विशेष गरी प्रकृति, हेना, हरियो पहिरनजस्ता साउने संक्रान्तिका विषयवस्तुमा आधारित महिला मित्रहरूमा केन्द्रित अभियान रहेको कम्पनीले जनाएको छ । प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामग्रीहरू रातो हेबिस्कस, मेहदी, एलोभेरा र नरिवल मिल्क प्रोटिनजस्ता जडीबुटीबाट बनेकाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दर्भिक रहेको कम्पनीको दाबी छ ।

क्याम्पेनका आकर्षणमा ब्रान्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरूको आयोजना गर्ने जनाएको छ । जसमा सहभागीलाई आकर्षक उपहार र गिभअवेहरू दिइने उल्लेख छ । प्यारासुट नेचुरलले अभियानभरि नै यस प्रकारका रमाइला गतिविधिहरू आयोजना गरिरहने जनाएको छ । त्यस्तै, सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग उपहार अभियानका लागि पनि सहकार्य गर्ने उल्लेख छ । जसमा टिकटक इन्फ्लुएन्सरहरूले ब्रान्डका बारेमा भिडियोहरू पोस्ट गर्ने र आफ्ना फलोअरहरूलाई उपहार दिने जनाइएको छ ।

ad
ad