१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँदिल्ली
२o८१ जेठ ४ शुक्रबार o९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सोसल मिडियाबाटै मालामाल खेलाडी

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:३७:oo

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली अहिले खराब फर्ममा छन् । लगातार दुई वर्ष विराटको ब्याटबाट शतकीय इनिङ्स आएको छैन । मैदानभित्र फ्लप भए पनि उनको आम्दानी घटेको छैन । विराटले सोसल मिडियाबाटै वार्षिक करोडौँ रुपैयाँ आर्जन गर्छन् । क्रिकेटमा मात्र नभएर विराट समग्रमा भारतीय खेलाडीमध्ये नै सोसल मिडियाकै सेलेब्रिटी हुन् । 

तथ्यांकअनुसार विराट एक
इन्स्टाग्राम पोस्टबाट आठ करोड भारु कमाउँछन् । एक इन्स्टाग्राम पोस्टबाटै आठ करोड भारु कमाउने उनी एक मात्र एसियाली खेलाडी हुन् । यसै आधारमा उनलाई एसियाकै नम्बर एक सोसल मिडिया खेलाडी भन्ने गरिन्छ । 

विश्व खेलकुदमा प्रतिएक इन्स्टाग्रामबाट धेरै कमाउनेमा विराट १४औँ स्थानमा छन् । विराट मात्र नभएर विश्व खेलकुदमा चर्चित खेलाडीहरूले सोसल मिडियामा एक पोस्ट गरेपछि मनग्य रुपैयाँ आर्जन गर्छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो तथा अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि इन्स्टाग्रामबाट वार्षिक अर्बौँ नेपाली रुपैयाँ कमाउने गरेको ‘हापेहक डटकम’ले जनाएको छ । २०२२ को एक तथ्यांकअनुसार रोनाल्डो र मेसी पहिलो र दोस्रो स्थानमा छन् ।

रोनाल्डोले प्रतिइन्स्टाग्रामबाट १९ करोड भारु कमाउने गर्छन् । फ्रेन्च पेरिस जर्मन (पिएसजी) का खेलाडीसमेत रहेका मेसीले १४ करोड भारु कमाउने गरेको जनाइएको छ । हापेहक डटकमका अनुसार इन्स्टाग्राममा विराटको २० करोड फलोअर्स छन् । यो संख्यामा फलोअर्स प्राप्त गर्ने विराट क्रिकेटकै पहिलो स्थानमा छन् । रोनाल्डोको इन्स्टाग्राममा ४० करोड ४० लाख फलोअर्स छन् । यसैगरी, मेसीका ३२ करोड ७० लाख फलोअर्स रहेका छन् । 

ad
ad