मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २३ शुक्रबार
  • Friday, 09 December, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ०९:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आजबाट नेपाली चलचित्र पानीफोटो प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ०९:१७:००

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण गरिएको छ ।

जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा लेखक एवं निर्देशक लामिछानेबाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको शीर्ष भूमिका छ ।