१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२१:oo

नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ। बिहीबार काठमाडौंमा बसेको महासंघको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न माग गरेको हो।

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए। हाल पत्रकारको आधारभूत पारिश्रमिक २४ हजार ५०० छ। तर, अहिलेको बजार भाउअनुसार यो पारिश्रमिक असुहाउँदो भएको भन्दै महासंघले बढाउन माग गरेको हो।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसअघि नै २५ प्रतिशत तलब वृद्धि गर्न सिफारिस गरेको थियो। तर, सरकारले त्यसबारे कुनै निर्णय गरेको छैन। महासंघले जेष्ठ पत्रकारहरूका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको स्वागत गरेको छ। तर, वृत्ति प्राप्त गर्नका लागि जेष्ठ पत्रकारले बेहार्नुपर्ने झन्झटिला प्रक्रियालाई परिमार्जन गरी सरल तुल्याउन र यसलाई धेरैभन्दा धेरै पत्रकारको पहुँचमा पुर्‍याउनका लागि आग्रह गरेको छ।

त्यस्तै, पारिश्रमिक नदिएर भएका आन्दोलन र त्यसपछि भएका सहमतिको कार्यान्वयनका लागि समेत महासंघले सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराएको छ।

ad
ad