Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०९:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिनी, तेल र तरकारीमा सबैभन्दा बढी बिचौलिया हाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०९:१७:००

सर्वसाधारणले बढी खपत गर्ने चिनी, तेल र तरकारीमा सबैभन्दा धेरै बिचौलिया हाबी छ । जसका कारण उत्पादन भएको ठाउँबाट उपभोक्तासम्म पुग्दा त्यसको मूल्य किनिनसक्नु हुन्छ । अहिले तोरीको तेलको मूल्य प्रतिलिटर दुई सय ९० देखि तीन सयसम्म हो ।

तर, व्यापारी तथा बिचौलियाले त्यसलाई प्रतिलिटर तीन सय ३० देखि तीन सय ९० सम्म पुर्‍याएको उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधब तिमिल्सिनाको भनाइ छ । उनका अनुसार भटमास तथा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर दुई सय ३० भए पनि व्यापारी तथा बिचौलियाले दुई सय ६० सम्ममा बेच्ने गरेका छन् ।

त्यस्तै, ७२–७३ रुपैयाँको चिनीलाई पसलेले बिचौलियाबाट ८५ रुपैयाँमा किनेर उपभोक्तालाई एक सय १० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । ‘बजारमा पाइने हरेक सामानमा बिचौलिया हाबी छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘त्यसलाई हटाउन सरकारले छिटोभन्दा छिटो मूल्य निर्धारण गर्न आवश्यक छ ।’