१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने गरी कार्यतालिका बनाउन संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:१८:oo

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोजना तोकिएको समयमा सम्पन्न हुने विश्वसनीय अवस्था नभएको भन्दै समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई यस्तो निर्देशन दिएको हो।

एसियन हाई–वे मापदण्डको यस राष्ट्रिय गौरवको आयोजनाको काम २०८१ मंसिर महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। तर, आर्थिक वर्ष ०७८/७९ सम्म २१.१८ प्रतिशत मात्र सम्पन्न भएकाले समयमा काम सकिनेमा शंका व्यक्त गर्दै समितिले लागत नबढ्ने गरी समयमै काम सक्ने कार्ययोजना बनाउन भनेको हो।

‘काठमाडौं–तराई/मधेस द्रुतमार्गको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका बनाई कार्यान्वयनमा ल्याउन र उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई निर्देश गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

समितिले आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरू इआइए र इएमपीको कार्यान्वयनको अवस्था र आयोजनाको तेस्रो पक्षबाट हुने अनुगमनको अवस्थाबारे समेत १५ दिनभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।

 

ad
ad