मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Tuesday, 01 September, 2026
२o७९ श्रावण ८ आइतबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षीय किशोरबाट तीन वर्षीया बालिका बलात्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १७:५४:oo

दाङमा एक १४ वर्षीय किशोरले साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। बालिकाको घरमा आँप खान गएका बबई गाउँपालिका–४ का ती किशोरले बालिकालाई बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

‘ती किशोर बालिकाको घरमा आँप खान गएका रहेछन्। अभिभावकले आँप खान दिएको केही समयमा किशोर र बालिका दुवैलाई नदेखेर खोजतलास गर्दा किशोरले बलात्कार गरेर बारीबाट खसालिदिएको पाइयो,’ कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

यो घटना शनिबार दिउँसो करिब साढे २ बजेतिरको हो। बारीबाट ४० मिटर तल खसेर बेहोस अवस्थामा भेटिएकी बालिकाको टाउकोमा चोट लागेको छ। तुल्सीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कोहलपुर लगिएको छ।

ती किशोर यसअघि पनि पटक-पटक यस्ता क्रियाकलापमा संलग्न रहेका प्रहरीले जनाएको छ। उनले बालिकाको सुनको औँठीसमेत चोरेकाे बताइएको छ। प्रनाउ अर्यालका अनुसार ती किशोरलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।