१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

काठमाडौंको हेराल्ड कलेजका चार सय ८१ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:११:oo

हेराल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोहमा चार सय ८१ जना विद्यार्थी दीक्षित भएका छन् । दिक्षान्त समारोहमा सन् २०१९/२० मा स्नातकतह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका एक सय ६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका दुई सय ४९ तथा बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ जना दीक्षित भएका हुन् । 

कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको कलेजले जनाएको छ । आइएनजी ग्रुपअन्तर्गत पर्ने हेराल्ड कलेज बेलायतको विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भर ह्याम्पटनबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भर ह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।  

समारोहमा प्रोभाइस चान्सलर टिमले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । समारोहमा आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको बताए । उनले भने, ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरी हेरल्ड कलेजले एउटा बेन्चमार्क बनाएको छ । हेराल्ड कलेजबाट दीक्षित विद्यार्थी नेपालमा मात्रै नभई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम छन् ।’
 

ad
ad