१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भदौ २६ मा गोल्डेन ओक १२औँ कृति अवार्डस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१३:oo

नेपाल विज्ञापन संघ (आन)ले १२औँ कृति अवार्डस् भदौ २६ गते आयोजना गर्ने भएको छ । २०६० साल देखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औँ संस्करणको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरी लिको गोल्डेन ओक ब्रान्ड रहेकाले अवार्डको नाम ‘गोल्डेन ओक कृति अवार्डस्’ राखिएको हो । 

कार्यक्रम घोषणा गर्न आयोजित समारोहमा संघका अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले हस्ताक्षर गरेका हुन् । आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत दुई वर्ष हुन सकेको थिएन । कृति अवार्डस् विज्ञापन क्षेत्रलगायत सम्र्पूण मिडिया र विज्ञापनदाताहरूको सामूहिक उत्सवको रूपमा आयोजना गर्नेे गरिएको आयोजकको दाबी छ । 

कार्यक्रममा जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले देशकै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिति झल्काउने यस कार्यक्रममा आफ्नो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिस्टिलरी र गोल्डेन ओक ब्रान्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजबीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरेका थिए । 

गोल्डेन ओक १२औँ कृति अवार्डस्मा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवद्र्धनात्मक रचना तथा कामलाई समावेश गरिने उल्लेख छ । संघका सदस्य एजेन्सीहरूले २०७९ श्रावण ५ गतेदेखि भाद्र ४ गतेसम्म मनोनयनदर्ता गर्नुपर्ने संघले जनाएको छ । 

सिर्जनशीलताका लागि प्रतिस्पर्धात्मक सम्मानका रूपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औँ संस्करणमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेनस्ट्रिम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिने जनाइएको छ । कार्यक्रममा परेका मनोनयन छनोट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा. विजय केसी, प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित तीन सदस्यीय प्रमुख निर्णायकमण्डल गठन गरिएको आनले जनाएको छ । यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरूसहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरू रहने जनाइएको छ । 

ad
ad