Skip This
हेलम्बु गाउँपालिकाले ‘जलवायुमा न्याय देऊ’ अभियान थाल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रामकृष्ण थापा नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हेलम्बु गाउँपालिकाले ‘जलवायुमा न्याय देऊ’ अभियान थाल्ने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:१८:oo

मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुमा पर्छ । गत वर्ष १ असार र १७ साउनमा मेलम्ची खोलामा विनाशकारी बाढी आयो । भीमकाय बाढी मेलम्ची खोलाको मुहानस्थल भेमाथाङबाट सुरु भएको हो । जुन स्थान हेलम्बु गाउँपालिकाको हिमाली क्षेत्रमा पर्छ । 

भेमाथाङ समुद्री सतहबाट ३५ सय मिटर उचाइमा छ । हेलम्बुको सिरानमा रहेका पाँच हजारदेखि पाँच हजार नौ सय मिटर उचाइका हिमशृंखलाबाट हिउँ पग्लेर आएको पानी मेलम्ची खोला हो । खोलालाई अम्बाथानमा बाँध बनाएर जम्मा गरी सुरुङबाट काठमाडौं लगिन्छ । यति धेरै महत्व बोकेको हेलम्बु र हेलम्बुवासी भने उपेक्षामा छन् । बाढीपछि दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् । हेलम्बु र मेलम्चीमा अर्बौंको क्षति भयो । 

निमाग्याल्जेन शेपा अध्यक्ष, हेलम्बु गाउँपालिका

दश वर्षअघि देखिने सेता हिमाल पत्थरमा परिवर्तन भएकाले हाम्रो मन रोएको छ । विकसित राष्ट्रको ज्यादतीले निर्दोष जनता मारमा परेका छन् । जलवायु परिवर्तनकै असरले भेमाथाङ क्षेत्र फुटेकाले यसबाट परेको असरको क्षतिपूर्ति माग गर्न अन्तर्राष्ट्रिय फोरममा पुगेर कुरा उठाउने योजना छ ।

दोस्रो कार्यकालका लागि पनि निर्वाचित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विनाशकारी बाढी जानुमा विकसित राष्ट्रले गरिरहेको चरम प्राकृतिक दोहनबाट सिर्जित जलवायु परिवर्तनको असर भन्ने थाहा पाएपछि वार्षिक नीति तथा कार्यक्रममा ‘जलवायुमा न्याय देऊ’ भन्ने अभियान तय गरेका छन् । यो अभियान नेपाल सरकार हुँदै अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने पालिकाको लक्ष्य छ । बाढीबाट हेलम्बुमा भएको ठूलो क्षति र जलवायु परिवर्तनले गरेको असरबारे सरकारलाई तथ्यसहित जानकारी दिने र क्षतिपूर्ति माग गर्ने योजना छ । 

सरकारले बेवास्ता गरे अन्तर्राष्ट्रिय फोरममा जाने तयारी छ । मेलम्ची खोलाको मुहानस्थल भेमाथाङमा बग्ने पानी हेलम्बुका हिमशृंखलाबाट झरेर जम्मा हुने हो । हिमाली क्षेत्रको विकासबारे अध्ययन गर्ने संस्था इसिमोड र भौगर्भिक अध्ययन गर्न भेमाथाङ पुगेका विभिन्न संघसंस्थाले जलवायु परिवर्तनको बढ्दो असरले हिमाली क्षेत्रको तापक्रम बढेको बताएका छन् । ठूलो परिमाणमा जमेर बसेको हिमाली क्षेत्रको ग्लासियर बढ्दो तापक्रमले एकैपटक पग्लँदा भेमाथाङ क्षेत्र फुटेको उनीहरूको अध्ययनले देखाएको छ ।

हेलम्बुको हिमाली क्षेत्रमा धमाधम हिउँ पग्लँदै छ । तापक्रम बढेर हेलम्बुमा उत्पादन हुने स्याउ नष्ट भएको छ । चिसोमा बस्ने याक लोप हुँदै गएका छन् । हिमाली वनस्पति मर्दै गएका छन् । लेकाली क्षेत्रमा पाइने रेडपान्डा देख्न छाडिएको छ । हिमाली भेगमा पाइने थुप्रै वनस्पति र जीवजन्तु लोप हुँदै गएको छ । डाँडा, खोल्सा र बस्तीमा पानीको मुहान सुकेका छन् ।  ‘दश वष पहिले देखिने सेता हिमाल पत्थरमा परिवर्तन भएकाले हाम्रो मन रोएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘विकसित राष्ट्रको ज्यादतीले निर्दोष जनता मारमा परेका छन् । जलवायु परिवर्तनकै असरले भेमाथाङ क्षेत्र फुटेकाले यसबाट परेको असरको क्षतिपूर्ति माग गर्न अन्तर्राष्ट्रिय फोरममा पुगेर कुरा उठाउने योजना छ ।’ 

जलवायु परिवर्तनको नाममा पाँचतारे होटेलमा बसेर गरिने सम्मेलन र बैठकले पीडित जनताले न्याय नपाउने उनले प्रस्ट्याए । संघीय सरकारलाई पत्र लेखेर यसबारे जानकारी गराउने र सोको सुनुवाइ र उचित क्षतिपूर्तिको व्यवस्था नभए संयुक्त राष्ट्रसंघ र विकसित राष्ट्रको विभिन्न फोरममा कुरा उठाउने योजना गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । बढ्दो तापक्रमले हिउँ पग्लिएपछि हिमाली क्षेत्रको चिसोपना कायम राख्न हेलम्बु गाउँपालिकाले कृत्रिम हिउँ जमाउने भएको छ । गाउँसभाबाट यस विषयलाई महत्व दिएको शेर्पाले बताए । बर्सेनि मंसिर र पुस महिनामा हेलम्बुको हिमाली क्षेत्रमा कृत्रिम हिउँ (ग्लासियर) उत्पादन गर्न बजेट नै छुट्याइएको छ ।

 

ad
ad