१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड दिल्लीमा : आज र भोलि उच्चस्तरीय वार्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:३३:oo

तीनदिने औपचारिक भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले शनिबार र आइतबार उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ । 

प्रचण्डलाई दिल्ली जानुअघि विमानस्थलमा माओवादीका स्थायी समिति सदस्यहरूले बिदाइ गरेका थिए । दिल्लीमा प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी र भारतीय विदेश मन्त्रालयको नेपाल–भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । प्रचण्डसँग उनकी छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल साथमा छन् । 

शनिबार उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले मोदीसँग ब्रेकफास्टसहित वार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गर्नेछन् ।

नड्डाले प्रचण्डको सम्मानमा दिवाभोज आयोजना गरेका छन् । दिवाभोज सम्पन्न गरेपछि प्रचण्ड आइतबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार डोभाललगायतसँगको भेटवार्तामा नेपाली राजदूत वा राजदूतावासका प्रतिनिधिलाई सहभागी नगराइने भएको छ । 

अध्यक्ष प्रचण्ड शनिबार बिहान नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । नेपाली दूतावासमा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा पनि प्रचण्डसँगको भेटवार्तामा सहभागी हुने तय भएको दूतावास स्रोतले बताएको छ । राणा स्वास्थ्योपचारका क्रममा एक सातादेखि दिल्लीमा छिन् । दिल्लीस्थित प्रवासी नेपालीसँग पनि प्रचण्डले शनिबारै भेट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता आरबी खड्काले टेलिफोनमा बताए । 

प्रचण्डले शनिबार फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । यो संस्थाका उपाध्यक्ष भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवाले हुन् । कार्यक्रम दिल्लीको चाणक्यपुरीस्थित सुष्मा स्वराज भवनमा हुनेछ । 

दिल्ली जानुअघि प्रचण्डले भारत भ्रमण आकस्मिक नभएर पूर्वनिर्धारत रहेको बताएका छन् । उनले भारतबाट फर्केर चाँडै नै चीन जाने पनि उद्घोष गरे । चीनले उनलाई निमन्त्रणा दिएको प्रचण्डको भनाइ थियो । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले सिपिसीको २०औँ महाधिवेशनका लागि कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेतालाई निम्तो दिएका छन् । 

ad
ad