१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ ६ आइतबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जसपा विभाजन, मधेश प्रदेश सभाका सांसद खुलेनन्

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:o२:oo

केन्द्रमा विभाजन भए पनि जसपा मधेश प्रदेश सभाका सांसद भने खुलेका छैनन् । नेता अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगे पनि प्रस्तावित कार्यसमितिमा प्रदेश सभाका सांसद छैनन् । मधेश प्रदेशमा जसपाका १९ सांसद रहे पनि कुनै पनि सांसद अशोक राई नेतृत्वको नयाँ दलको पक्षमा खुल्न चाहेका छैनन् । पार्टी विभाजनको विषय लिएर जसपा मधेश प्रदेश संसदीय दलको बैठक सोमबार बिहान ८ बजेका लागि बोलाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा बोलाइएको बैठकमा पार्टी विभाजन, नयाँ बजेटसहितको विषयमा छलफल हुने जसपाका प्रमुख सचेतक रामआशिष यादवले बताए । 

काठमाडौंमा पार्टी विभाजनका लागि वरिष्ठ नेता राईसहितका सांसद निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउने प्रक्रियामा सहभागी रहेका वेला केन्द्रीय नेता तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित पार्टीका प्रदेश अध्यक्ष बालेश्वर यादव जनपरिचालन समितिको बैठकमा सहभागी थिए । त्यही वेला राईले नेतृत्वमा पार्टी विभाजन भएको हल्ला चलेपछि बैठक केही समय अवरुद्ध भएको थियो । 

बैठकका सहभागी जसपा मधेश प्रदेश दलका सचेतक रामआशिष यादवले भने, ‘पार्टी विभाजनबारे मधेशका सांसदलाई कुनै जानकारी थिएन । केन्द्रमा पार्टी विभाजन भयो भनेर बैैठकमा हल्ला फैलियो, ‘केन्द्रमा पार्टी विभाजन भए पनि मधेशमा त्यसको प्रभाव पर्छ भनेजस्तो लाग्दैन । अहिलेसम्म कुनै साथी नयाँ दलका पक्ष खुल्नुभएको छैन । पछि के हुन्छ त्यो अहिले भन्न अवस्था छैन ।’

दुईपटक प्रदेश सभामा निर्वाचितसमेत भएका यादव मन्त्री नपाउँदा पार्टी नेतृत्वसँग असन्तुष्ट थिए । तर, यादवले भने विभाजनको पक्षमा समर्थन नगर्ने बताए । आफूलाई मन्त्री बनाउन पटक–पटक पार्टी नेतृत्वलाई दबाब दिँदै आएका बाराबाट निर्वाचित प्रदेश सांसद बच्चा राउतले पनि नेतृत्वसँग आफ्नोे असन्तुष्टि रहे पनि पार्टी विभाजनको पक्षमा नरहेको बताए । 
जसपाका प्रवक्ता तथा मधेश प्रदेश सांसद मनीष सुमनले पार्टी नफुटेको दाबी गरे । ‘पार्टी फुटेको होइन । केही साथीहरूले स्वेच्छाले पार्टी परित्याग गरेका हुन् । त्यसकारण यसले पार्टीमा खासै असर पर्दैन,’ उनले भने । तर, विभाजन भई नयाँ दलका एक नेताले भने मधेशका १९ मध्ये नौजना सांसद आफूहरूको सम्र्पकमा रहेको दाबी गरे । उनले आफूहरू मधेशका साथीहरूलाई विश्वासमै लिएर यस्तो निर्णयमा पुगेको बताए । 

ad
ad