निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
२०७९ असार ३० बिहीबार ११:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, आठजना घाइते

Read Time : < 1 मिनेट
२०७९ असार ३० बिहीबार ११:५५:००

उदयपुरको कटारी नगरपालिकाको कटारी बजारबाट मयँखुतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयँखु जाने क्रममा कटारी– ४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा नौजना घाइतेमध्ये एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी मानबहादुर राईका अनुसार मृत्यु हुनेमा कटारी नगरपालिका– १३ मयँखुका २० वर्षीय विष्णु राउत रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका राउतको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी राईले बताए ।

उनले भने, ‘अन्य घाइते हुने आठजनाको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’ घुम्तीमा तीव्र गतिमा बोलेरो जिप चलाउँदा दुर्घटना भएको डिएसपी राईको भनाइ छ । उनले भने, ‘दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य जारी छ । आज (बिहीबार) सम्म नियन्त्रणमा लिन्छौँ ।’