१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुवाखालमा भेटिएको चेकमा रकम भरी लाभ लिन खोज्ने भेटवाल पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:५८:oo

जुवाखालमा भेटिएको चेकमा रकम भरी आर्थिक लाभ लिन खोज्ने सुभास भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै साथी राजकुमार बरालको चेकमा दुई करोड २९ लाख रुपैयाँ भरेर आर्थिक लाभ लिन खोजेको अभियोगमा प्रहरीले सुभास भेटवाललाई प्रहरीले पक्राउ गरेको हो।

जुवा खेल्ने क्रममा हस्ताक्षर गरेर राखेको चेकबुक बरालले हराएका उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उक्त चेक भेटवालसँग बरामद भएको थियो।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले भेटवाललाई आरुबारीबाट पक्राउ गरेको हो। भेटवालले जुवा खेल्ने क्रममा हारेपछि बरालले नै चेक हस्ताक्षर गरेर दिएको प्रहरीसँगको बयानमा भनेका थिए।

घटनामा महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख अशोक सिंह पनि मुछिएपछि प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको थियो।

ad
ad