१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार गेटमा युथ कांग्रेसको प्रदर्शन, दर्जनौँ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:o३:oo

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युथ कांग्रेस नेपालले सिंहदरबार प्रवेशद्वारमा प्रदर्शन गरेको छ । प्रदर्शन सुरु गर्नेबित्तिकै प्रहरीले झन्डै एक दर्जन प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । उनीहरूलाई अहिले महानगरीय प्रहरी कार्यालय सिंहदरबार अनामनगरकाे हिरासतमा राखिएको छ। 

प्रदर्शनमा सहभागीले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग राख्दै प्ले कार्ड प्रदर्शन गरेका थिए ।  उनीहरूले अर्थमन्त्रीले राज्यको ढुकुटीमाथि खेलवाड गरेको र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका थिए  

प्रहरीले युथ कांग्रेसका मनोज पुरी, विनोद देउवा, किरण खनाल, प्रकाश मल्ल, साजन लामा, दिनेश कार्की, रामकृष्ण रिजाल, मणिराज कटुवाल, अनिल पौडेललगायतलाई प्रक्राउ गरेको हो। 

अर्थमन्त्रीले सरकारको वार्षिक बजेटलाई अन्तिम रूप दिने वेलामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र त्यसको सिसिटिभी फुटेज देखाउन माग गर्दा डिलिट भइसकेको जवाफ दिएपछि उनको विरोध भइरहेको छ। 
 

ad
ad