१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०६:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लोकतन्त्र स्थापनामा कलाकारको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०६:५३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लोकतन्त्रको स्थापना र संरक्षणमा कलाकारहरूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्राज्ञसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

प्रतिष्ठानका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई सांस्कृतिक विविधताले पनि समृद्ध रहेको बताए । उनले भने, ‘हाम्रा सांस्कृतिक विविधता अमूल्य सम्पदा हुन्, जसलाई संगीत नाट्यजस्ता कलाले चलायमान र ऊर्जावान् बनाइरहेका छन् ।’

यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए । प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिका बारेमा प्रकाश पारे ।

कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्न भवन निर्माण अन्तिम चरणमा पुगेको र अडिटोरियम हलसहितको सुविधासम्पन्न भवनको डिपिआर तयार भएको बताए । भवन निर्माणमा अब राज्यले विशेष चासो दिनुपर्ने बताए ।