मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०८:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फ्रान्सेली सिनेमा ‘दिग्वी’ काठमाडौं र सगरमाथामा छायांकन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०८:५८:००

फ्रान्सेली सिनेमा ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । छायांकनस्थल खोज्दै नेपाल आइपुगेको सिनेमाका निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

फ्रान्सेली भाषामा निर्माण हुने सिनेमाको छायांकन काठमाडौं र सगरमाथाको नाम्चेआसपासमा हुने निर्देशक एलनले बताए । रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समा गर्ने बताए । ३५ दिनको छायांकन तालिका राखिएको सिनेमामा नेपाली कलाकार पनि हुनेछन् ।

सन् २०१५ को महाभूकम्पका वेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेको सिमोनले त्यतिवेलादेखि नै नेपालमा सिनेमाको छायांकन गर्ने योजना बनाएको बताए । ‘आध्यात्मिकताको खोजी गर्न धेरै विदेशी नेपाल आउँछन् । म पनि आनन्द र खुसी दिने एउटा सिनेमा बनाउन आएको छु’, उनले भने । 

कोरोना महामारीको कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोनले छायांकन हुन लागेको यो सिनेमाले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए । उनका अनुसार सिनेमाले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगीवादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन सिनेमाको कथावस्तु रहेको उनको भनाइ छ ।

सिनेमाको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमुख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताए । मार्चदेखि काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा सिनेमाको छायांकन गरिने उनले जनाए ।