निष्कासनबारे गौतमको प्रतिक्रिया : अराजकहरूलाई चिन्न सकिएनछ, पार्टीमा स्थान दिनु गल्ती भयो

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण
निष्कासनबारे गौतमको प्रतिक्रिया : अराजकहरूलाई चिन्न सकिएनछ, पार्टीमा स्थान दिनु गल्ती भयो

फाइल फाेटाे

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूलार्ई निष्कासन गर्ने निर्णयलाई अराजक भएको प्रतिक्रिया दिएका छन्। शनिबार गौतमलाई संयोजकबाट निष्कासित गरेर संयोजकमा सचिवालय सदस्य युवराज सफललाई तोकिएपछि उनले यस्तो प्रतिक्रया दिएका हुन् । 

कारबाहीको सूचनापछि शनिबार नै गौतमनिवास भैँसेपाटीमा बसेको गौतमसहितका ८ सचिवालय सदस्यको बैठकमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘अराजकहरूलाई चिन्न सकिएनछ, गलत मान्छेलाई पार्टीमा स्थान दिनु गल्ती भयो,’ गौतमको भनाइ उधृत गर्दै प्रचार विभाग प्रमुख तथा सचिवालय सदस्य निमाकान्त पाण्डेले नयाँ पत्रिकासँग भने । 

गौतम समूहको बैठकले पनि संयोजक तोकिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता सफल, आधुनिक नेपाल समाजवादी पाटीका अध्यक्ष कृष्णगोपाल बन्जरा, नेकपा(राष्ट्रवादी)का अध्यक्ष मीननाथ देवकोटा, आम नेपाली पार्टीका अध्यक्ष नीलकण्ठ पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । 

शनिबार चार दलका अध्यक्षहरूसहितको छुट्टै बैठक बसेर बहुमतको निर्णयबाट गौतममाथि पाँच आरोपसहित गौतमलाई संयोजकबाट निष्कासित गरेर विज्ञप्तिमार्फत यसको जानकारी दिएका थिए । यससँगै चार पार्टीको बैठकले संयोजक चयन गर्दै असार ११ मा बनेको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समितिसमेत घोषणा गरेको जानकारी दिएका थिए ।
 

सुझावित समाचार