मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाण्डौं
२०७९ असार १९ आइतबार ११:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौं
२०७९ असार १९ आइतबार ११:२१:००

रञ्जु दर्शनाले काठमाडाैं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडाैं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने आधिकारिक घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडाैं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’