मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १८ शनिबार १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलहरू ठीक छैनन् भन्ने भ्रम हटाउन आवश्यक छ : सुमन सायमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १५:१८:oo

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले दलहरू ठीक छैनन् भन्ने भ्रम हटाउन आवश्यक रहेको बताएका छन्। जनतामा दलहरू ठीक छैनन् भन्ने भ्रम परेको उल्लेख गर्दै उनले यस्ता भ्रम हटाउन आवश्यक रहेको बताएका हुन्।

शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित स्वतन्त्र उम्मेदवारहरूको विशेष भेलामा उनले दलको विकल्प दल नै रहेको बताए। संसदीय व्यवस्थामा एक व्यक्तिले कानुन बनाउन नसक्ने भन्दै सायमीले यसका लागि समेत छुट्टै दल गठन गर्नुपर्ने बताए।

संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले छुट्टै दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उनले बताए।

‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो। त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो। र, त्यसको आवश्यकता छ। दल ठीक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो,’ सायमीले भने ।