Skip This
ad
६२ चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

६२ चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:४७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वघोषणाअनुरूप ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचय पत्र वितरण गरेका छन् । विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा मन्त्री कार्कीले बिहीबार उनीहरूलाई परिचय पत्र वितरण गरेका हुन् । 

सो क्रममा उनले कलाकारहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए । कलाकारलाई परिचय पत्र दिएर मात्रै नपुग्ने उनको भनाइ छ । ‘तपाईं कलाकारहरूलाई राष्ट्रले केवल परिचय पत्र वितरण गरेर मात्र पुग्दैन । कलाकार तथा सर्जक केवल राष्ट्रका गहना मात्रै होइनन्, राष्ट्रिय गौरव पनि हुन् । यो सरकार तपाईंहरूको साथमा रहनेछ,’ उनले भने । उनले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारका लागि सरकार सधैँ कलाकार तथा सर्जकसँग रहने आश्वासन दिए । 

मन्त्री कार्कीले चलचित्रकर्मीहरू चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्ज्वल घिमिरे, डा. भोला रिजाल, पवन मैनाली, किरण केसी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धीरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिस शाह, हिमाल केसीलगायतलाई परिचय पत्र प्रदान गरेका थिए ।

विकास बोर्डले अघिल्लो वर्ष नै ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचय पत्र प्रदान गर्ने घोषण गरेको थियो । त्यसमा थप गर्दै ६२ जनालाई बिहीबार परिचय पत्र वितरण गरेको हो । 

कार्यक्रममा मन्त्री कार्कीले ७७ वटै जिल्लामा फिल्म छायांकन स्टुडियो निर्माणको सम्भावना रहेको पनि बताएका छन् । ‘हामी जलस्रोतको सम्भावनाको कुरा गर्र्छांै, पर्यटनको सम्भावनाको कुरा गर्छाैं, देशभर नै धेरै सम्भावनाको कुरा गर्छाैं,’ उनले भने, ‘दोलखामा मात्रै होइन, हरेक जिल्लामा चलचित्र सुटिङ केन्द्रहरू बन्न सक्छन् ।’

बनेपाको छायांकन स्टुडियोको डिपिआर तयार 
कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक छायांकन स्टुडियो निर्माणका लागि डिपिआर तयार भएको जानकारी गराइएको थियो । विकास बोर्डका सदस्यसचिव टंकबहादुर महतले बनेपामा छायांकन स्टुडियो निर्माण अघि बढाइने बताए । उनले वातावरणीय प्रभाव मूल्यांकन र डिपिआर तयार भई जग्गा प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिए ।

उनले भने, ‘सुविधा सम्पन्न छायांकन स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा डिपिआर तयार भई जग्गा प्राप्तिको प्रक्रियामा रहेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत रहेको यस कार्यक्रमका लागि मन्त्रालयबाट बजेट विनियोजनसमेत भएको छ ।’

उनले विकास बोर्डले देशभरका चलचित्रघरहरूलाई केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा आबद्ध गराई बक्स अफिस प्रणालीको पूर्ण प्रभावकारी कार्यान्वयनलाई तीव्रता दिने बताए ।नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन र बजारीकरण गर्न बोर्डसँग विभिन्न कार्यशाला, चलचित्र महोत्सव, सेमिनारलगायत थुप्रै कार्यक्रम रहेको उनले बताए । 

ad
ad