भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रमाणपत्र पेस गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई राजदूत श्रीवास्तवले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश सुनाएका छन् । राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति प्रदान गरेको बताए । राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको भारतीय राजदूतावासका प्रवक्ता नवीनकुमारले जानकारी दिए । 

श्रीवास्तव नेपालका लागि भारतका २६औँ राजदूत हुन् । पूर्वराजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएपछि श्रीवास्तव नेपालका लागि राजदूत नियुक्त भएका थिए । उनी भारतमा चीनविज्ञ मानिन्छन् । 
 

सुझावित समाचार