मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Saturday, 12 July, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनालकाे प्रश्न– असमान सन्धि सच्याऔँ भन्न पनि हात जोडेपछि कहाँबाट समाधान निस्कन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १३:oo:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विभिन्न कारणले राष्ट्रियता कमजोर भइरहेको बताएका छन्। २१औँ शताब्दीको तेस्रो दशकमा अइपुग्दासमेत आफ्नो देशको सिमाना अंकित गर्न नसकिएको भन्दै उनले यस्तो बताएका हुन्।

६४औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा खनालले देशलाई ठीक ढंगले अगुवाइ गर्न नसक्दा राष्ट्रियता कमजोर भएको बताए। ‘राष्ट्रियता विभिन्न कारणले कमजोर भइरहेको छ। राष्ट्रका सामु अनेक प्रश्नहरू उठिरहेका छन्। २१औँ शताब्दीको तेस्रो दशकमा आउँदा पनि आमीले आफ्नो देशको सिमाना अहिलेसम्म अंकित गर्न सकेका छैनौँ। कुनचाहिँ सिमाना हो भनेर एउटा नक्सा संसारका सामु राख्दा विवाद हुन्छ। किनभने हामीले धेरै अगाडिदेखि नै देशलाई ठीक ढंगले अगुवाइ गर्न सकेनौँ,’ उनले भने।

भारतसँगको सिमानामा नेपाली भूमि डुबान हुने गरी एकपक्षीय रूपमा बाँध बाँधिएको उल्लेख गर्दै उनले त्यसलाई सच्याउन आवश्यक रहेको औँल्याए। भारतसँगका असमान सन्धिका विषय नेपालले उठाउन नसकेकोमा समेत खनालले असन्तुष्टि पोखे। उनले भने, ‘जतिजति पानी पर्‍याे, त्यति मात्रामा संकट पैदा हुन्छ। किनभने सिमानामा एकपक्षीय ढंगाले बाँधहरू बाँधिएको छ। त्यसलाई सच्याउन सकिएको छैन। सच्याऔँ भनेर दृढतापूर्वक प्रस्ताव राख्न सकिरहेका छैनौँ। कतै राखियो भने पनि निम्जो ढंगले, हात जोडेर, निहुरिएर प्रस्ताव राख्छौँ। अनि कहाँबाट समाधान हुन्छ ?’

संसद्ले कानुन, नीति, कार्यक्रम र बजेट बनाएर देशको भविष्य निर्माण गर्ने भन्दै उनले राष्ट्रियताका यस्ता धेरै प्रश्न संसद्ले उठाउनुपर्ने बताए।