मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार ०६:५३:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

केन्द्रीय समितिमा चिनिएका र राजनीतिमा नाम चलेका अनुहार छैनन्

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार ०६:५३:००

तपाईंहरूको पार्टी दर्ता प्रक्रिया कहाँ पुर्‍यो ? 
७ असारमा दल दर्ताका लागि आयोगमा निवेदन दिएका हौँ । कतिपय स्पष्टताका लागि आयोगले बोलाएको छ । त्यसबाहेक प्रक्रियामा रहेका विषय जानकारी छैन ।

दर्ता प्रक्रिया कति समय लाग्ला ? 
प्रक्रियामा नै छ । आयोगले समयबारे जानकारी दिएको छैन । छिट्टै हुन्छ भन्ने छ । संघ र प्रदेशको निर्वाचन पनि आउँदै छ, त्यसकारण छिट्टै हुन्छ भन्ने लाग्छ । बाँकी आयोगको विषय भयो । निवेदन दिएको १०–१५ दिनमै दर्ता भएका उदाहरण पनि छन् । 

केन्द्रीय समितिको सूचीमा को–को हुनुहुन्छ ? 
दल दर्ताका लागि आवश्यक पर्ने न्यूनतम २१ सदस्यको नाम आयोगमा पठाएका छौँ । सर्वसाधारणदेखि सकेसम्म फरक–फरक पृष्ठभूमि भएकालाई समेटेका छौँ । चिनिएका अनुहार हुनुहुन्न, राजनीतिमा नाम चलेका अनुहार पनि छैनन् ।

सूची कहिले सार्वजनिक हुन्छ ?
अहिलेलाई रवि लामिछाने र प्रवक्ता डा. मुकुल ढकालबाहेक १९ जनाको नाम सार्वजनिक भएको छैन । पार्टी दर्तापछि प्रोफाइल र पृष्ठभूमिसहित एकैपटक सार्वजनिक गर्नेछौँ । 

पार्टीको नामलाई लिएर आयोगमा उजुरी छ नि ? 
आयोगले नाममा समस्या आउनेबारे जानकारी गराएको छैन । अनौपचारिक कुराकानीमा नाम परिवर्तनको आवश्यकता नपर्ने बुझेका छौँ । हामीलाई लाग्छ– आयोगले नाम स्विकार्छ, हामी लगभग ढुक्क छौँ । नाम स्वीकार भएन भने पनि हामीसँग विकल्प छन्, विकल्पमा जान्छौँ ।

पार्टीको चुनाव चिह्न घन्टीमा पनि अरूकै दाबी छ नि । यसको विकल्प के हुन्छ ? 
घन्टी अहिले कुनै पनि पार्टीको चुनाव चिह्न छैन । यसअघि चिह्न पाएको पार्टी ‘मर्ज’ भएपछि यो खाली नै छ । यो आयोगको निर्णयमा भर पर्छ । यसको पनि हामीले विकल्प राखेका छौँ, दिनुपर्ने अवस्थामा विकल्प दिन्छौँ ।