१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

केही मन्त्रीको राजीनामापत्र खल्तीमा बोकेर हिँडिरहेकाे छु : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीले आफूलाई राजीनामापत्र बुझाइसकेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सो राजीनामापत्र आफूले गोजीमा लिएर हिँडिरहेको भन्दै उनले कुनै पनि वेला सार्वजनिक गर्ने जानकारी दिए। अन्य मन्त्रीहरूले पनि आफूलाई राजीनामापत्र पठाउनेमा उनले विश्वास व्यक्त गरे । उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने स्पष्ट पारे।

‘राम्रो नेता बन्न चाहने मान्छेले व्यवहारमा आफ्नो पार्टीको निर्णयलाई लागू गरेर देखाउनुपर्दछ । यस काममा मलाई खुसी लागेको छ, केही मन्त्रीले राजीनामापत्र मलाई दिनुभएको छ । पार्टीले जुन वेला बाहिर ल्याउने हो त्यो राजीनामापत्र ल्याइदेओस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु । कुनै वेला त्यो राजीनामापत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु । अरू मन्त्रीहरूले पनि त्यस्तै ढंगले राजीनामापत्र पठाउनुहुनेछ,’ अध्यक्ष नेपालले भने ।

उनले गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराविरुद्ध भने संघर्ष गर्ने बताए । तर, आगामी निर्वाचनमा गठबन्धन नभए पनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयार रहन पनि उनले नेता, कार्यकर्तालाई निर्देशन दिए ।