१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १२ आइतबार १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री आलेले पार्टी अध्यक्षलाई बुझाए राजीनामापत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १३:५५:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामापत्र बुझाएका छन्। मन्त्री प्रेम आलेले पार्टी अध्यक्षलाई शुक्रबार नै राजीनामापत्र बुझाएका हुन्।

आफूले शुक्रबार नै राजीनामापत्र बुझाएको र त्यसबारे आज ४ बजे पत्रकार सम्मेलन गर्न लागेको उनले जानकारी दिए। उक्त पत्रकार सम्मेलनमा उनले आफूले गरेका कार्यप्रगति प्रस्तुत गर्ने तयारी गरेका छन्। ‘मैले शुक्रबार नै राजीनामा दिएको छु,’ मन्त्री आलेले नयाँ पत्रिकासँग भने, ‘यसबारेमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिनेछु।’ 

यसअघि मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै आलेसहित, किसान श्रेष्ठ, विरोध खतिवडा,  रामकुमारी झाँक्री र अन्य सांसद गरी १० जनाले पार्टी अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएका थिए। शुक्रबार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका मध्येका ६ सांसदले शनिबार हस्ताक्षर फिर्ता लिएका थिए।