१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १० शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरको निर्णय नमान्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १२:१३:oo

एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरालाई सही र स्वाभाविक मान्न नसकिने भन्दै उनीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा स्वास्थ्य राज्यमन्त्री कृष्णकुमार श्रेष्ठले ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा मन्त्रीहरू पूर्वजानकारी भए स्वाभाविक प्रक्रियाबाट राजीनामा दिन तयार रहेको उल्लेख गर्दै नेतृत्वले आफूहरूप्रति अपराधीलाई जस्तो  व्यवहार गरेको  बताइएको छ। प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित भएको भन्दै त्यसमा पनि सांसदहरूले असहमति जनाएका छन्। मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिमलाई पूरै फिर्ता बोलाउनुपर्ने उनीहरूको माग छ।

एकीकृत समाजवादीका सांसदहरू कृष्णलाल श्रेष्ठ, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरादेवी जैरूले ती मागहरूमा समर्थन जनाएका छन्।

यस्तो छ पत्र: