१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:०४:००

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन् । 

पार्टीका पूर्वपोलिटब्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित नवौैँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का र दार्चुला तथा कञ्चनपुरका पूर्व न्चार्ज एवं विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएको  विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।