मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०८:११:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’लाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०८:११:००

लोकप्रिय सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ । आगामी दिनमा ‘कन्दरा’का गीतको भिडियो निर्माण तथा कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी एनएलईले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

‘एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि खुलेर गीत–संगीतमा लाग्न पाउँछौँ,’ श्रेष्ठ भन्छन्, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौँ ।’

त्यस्तै, ब्यान्डले नयाँ गीतसँगै आफ्ना पुराना चर्चित गीतहरूको रिप्राइज्ड भर्सन सार्वजनिक गर्ने उनले बताए । लोकलयमा आधारित मेलोडियस गीतहरू रच्नु कन्दराको विशेषता हो । ‘समय र परिस्थितिअनुसार कन्दराले नयाँ प्रयोग गर्दै आएको छ । कन्दरा र एनएलईको सहकार्य पनि यस्तै प्रयोग हो । हामी सिक्दै अघि बढ्नेछौँ । आगामी दिनमा पनि हाम्रो प्राथमिकता स्तरीय र मिठा गीत–संगीत प्रस्तुत गर्नु नै हुनेछ,’ उनले भने ।

सन् १९९४ देखि सक्रिय कन्दरा ब्यान्डले हालसम्म पाँचवटा एल्बम सार्वजनिक गरिसकेको छ । कन्दराका लेककी हे माया, चञ्चले कान्छी, तिमी पारि, हङकङ पोखरा, तगारोमा रुमाल राखीजस्ता गीत चर्चित छन् ।