१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अरुन्धती रोय
२o८१ बैशाख २४ सोमबार o६:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

फासीवादी हिन्दू परियोजना बन्दै भारत 

जब तपाईं मत वञ्चितताको अवस्थामा पुग्नुहुन्छ, तपाईंको अस्तित्वको कुनै माने रहँदैन । तपाईंलाई प्रयोग गर्न र तपाईंमाथि हिंसा गर्न सकिन्छ । र, हामी यसका साक्षी बनिरहेका छौँ । 

Read Time : > 2 मिनेट
अरुन्धती रोय
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५४:oo

केही महिनायता प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले शासन गरेका राज्यमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको शंकाका आधारमा मुसलमानका घर, पसल र अन्य व्यापारिक स्थानलाई बुल्डोजरले धूलिसात् बनाइँदै छ । चुनावी अभियानका क्रममा यी राज्यका मुख्यमन्त्रीले मुसलमानका घरलाई तहसनहस गर्ने नीतिलाई गर्वसाथ प्रचार गरेका थिए । यो क्षण एक गम्भीर रूपमा त्रुटिपूर्ण एवं कमजोर लोकतन्त्र प्रतिस्थापित भएर व्यापक जनसमर्थनको जगमा उभिएको एक नांगो आपराधिक हिन्दू फासीवादी परियोजनाको क्षण हो । हामीलाई अहिले हिन्दू सन्त बनेका आपराधिक गिरोहका नाइकेले शासन गरिरहेका छन् । र, मुसलमान आमशत्रु बन्न पुगेका छन् । 

पहिले धार्मिक सफाया, भिड हिंसालक्षित एवं हिरासतमा हत्या, नक्कली पुलिस ‘इन्काउन्टर’, झुटा मुद्दामा फसाउनेजस्ता गतिविधिबाट मुसलमानलाई दण्ड दिइन्थ्यो । अहिले मुसलमानका घर वा व्यापारिक स्थानलाई बुलडोजर लगाएर तहसनहस बनाउने नयाँ एवं प्रभावकारी उपाय थपिएको छ । बुलडोजरको विशाल फलामे ‘नंग्रा’लाई देवताको यान्त्रिक अवतारका रूपमा हेरिँदै छ जसले ‘शत्रुको संहार’ गरिरहेको छ । बुलडोजर हिन्दू राष्ट्र भारतको प्रतिशोधको प्रतीक बनेको छ । हालैको भारत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जनसनले बुलडोजरको छेउमा फोटो खिचाएका थिए । जनसन यो काम कसका लागि र किन गरेका हुन् भन्नेबारे अनभिज्ञ छन् भनेर पत्याउन गाह्रो छ । आखिर एक देशका सरकार प्रमुखले राजकीय भ्रमणमा बुलडोजरसँग फोटो खिच्ने विद्रुप काम किन गर्छन् होला ?

सरकारी अधिकारी आपूmले मुसलमानलाई तारो नबनाएको र अवैधानिक घरलाई मात्रै ध्वस्त बनाएको दाबी गर्छन् । यो तर्क कुनै हालतमा विश्वसनीय छैन । यसले उपहास एवं आतंक फैलाउने काम मात्रै गरेको छ । सरकारी अधिकारी र धेरै भारतीयलाई हरेक भारतीय सहरमा खडा गरिएका अधिकांश संरचना अवैधानिक वा अर्धवैधानिक हुन्छन् भन्ने थाहा छ । विनाचेतावनी वा सुनुवाइ अर्थात् विशुद्ध दण्ड दिने उद्देश्यका लागि मुसलमानका घर र व्यवसायमाथि बुलडोजर जोतिँदा एकैसाथ धेरै लक्ष्य पूरा गरिँदै छ ।  

बुलडोजर युगअघि मुसलमानलाई भिड र पुलिसद्वारा दण्डित गरिन्थ्यो जहाँ भिडले हिंसा गथ्र्यो र पुलिस बेवास्ता गथ्र्यो । अहिले घर–सम्पत्तिमा बुलडोजर जोत्नेमा पुलिस मात्र नभई नगरपालिकाका अधिकारी, ‘शत्रुको संहार’को प्रसारण गर्न आएका सञ्चारमाध्यम र मौन एवं अहस्तक्षेपकारी अदालत पनि संलग्न छन् । अर्थात् मुसलमानलाई ‘आफ्नो व्यवस्था आफैँ गर तिमीहरूका लागि कोही आउनेवाला छैन, कुनै अदालत छैन । यसअघिको लोकतन्त्रको पहरेदार मानिएको अदालत अब तिमीहरूविरुद्ध प्रयोग हुन सक्छ’ भनिएको हो । 

अन्य समुदायका सरकारविरोधी प्रदर्शनकारीका हकमा उल्लिखित दण्ड दिएका घटना नगण्य छन् । उदाहरण, १६ जुनमा उत्तर भारतमा हजारौँ युवा भाजपा सरकारको नयाँ सेना भर्ती रणनीतिको विरोधमा हिंसात्मक आन्दोलनमा उत्रेका थिए । यी प्रदर्शनकारीले रेल र गाडीमा आगजनी गरे, राजमार्गमा रोकावट ल्याए र एक ठाउँमा भाजपाको कार्यालयमा पनि आगजनी गरे । र, अधिकांश प्रदर्शनकारी मुसलमान नभएका कारण प्रदर्शनकारीका घर र परिवार सुरक्षित हुनेछन् ।
सन् २०१४ र २०१९ को लोकसभा चुनावमा भाजपाले संसद्मा बहुमत प्राप्त गर्न भारतका २० करोड मुसलमान जनसंख्याको भोट आवश्यक छैन भन्ने देखाएको छ । नतिजा हामी एकप्रकारको मत वञ्चितताको अवस्था देखिरहेका छौँ । यसका भयावह परिणाम छन् । जब तपाईं मत वञ्चितताको अवस्थामा पुग्नुहुन्छ तपाईंको अस्तित्वको कुनै माने रहँदैन । तपाईंलाई प्रयोग गर्न सकिन्छ र तपाईंमाथि हिंसा गर्न सकिन्छ । र, हामी यसका साक्षी बनिरहेका छौँ । 

भाजपाका उच्च पदस्थ नेताले मुसलमानले पवित्र मान्ने पैगम्बरको सार्वजनिक रूपमा उपहासपछि पनि भाजपाले आफ्नो आधारभूत समर्थन गुमाएन वा महत्‍वपूर्ण आलोचना व्यहोरेन । मुसलमानले यो अपमानको प्रतिक्रियामा ठूलो प्रदर्शन गरे । अत्यधिक हिंसा र क्रुरतापछि भएको हुनाले यी विरोध स्वाभाविक थिए । विरोधका क्रममा स्वभावतः केही व्यक्ति र ‘अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन’ (एआइएमआइएम) पार्टीले ईश्वरनिन्दा कानुनको माग गरेका थिए, जसलाई भाजपाले खुसीसाथ स्विका¥यो, किनभने यस कानुनले हिन्दू राष्ट्रवादविरुद्ध गरिने हरेक टिप्पणीलाई अपराध करार गरिदिनेछ । यस्तो कानुनले राजनीतिक एवं वैचारिक गर्तमा फसिरहेको भारतबारे गरिएको आलोचना वा बुद्धिमत्तापूर्ण टिप्पणीमाथि पनि रोक लगाउनेछ । यी आन्दोलनका क्रममा देखिएको ध्रुवीकरणले भाजपालाई थप बलियो बनाएको छ । पैगम्बरविरुद्ध असभ्य टिप्पणी गर्ने भाजपा प्रवक्ता नुपुर शर्मालाई पार्टीबाट निलम्बन गरिएको भए पनि कार्यकर्ताले उनलाई खुला हृदयले स्विकारेका छन् । शर्माको राजनीतिक भविष्य आशाजनक देखिन्छ ।

भारतमा हाल विध्वंशको राजनीति देख्न सकिन्छ । वर्षौँ लागेर निर्माण भएका हरेक संस्था ध्वस्त भइरहेका छन् । अवस्था स्तब्ध पार्ने खालको छ । आफ्नो मुलुकको इतिहास वा सांस्कृतिक जटिलताबारेको अनभिज्ञताले नयाँ पुस्ताका युवा पूर्ण रूपमा बुद्धिभ्रष्ट हुने अवस्थामा छन् । सामाजिक सञ्जालमा खुल्लमखुल्ला मुसलमान नरसंहारको माग सामान्य बन्दै गएको छ । हामीसँग फर्कने बाटो छैन । हामीमध्ये जसले यसको विरोध गरिरहेका छौँ विशेषतः भारतका मुसलमान अल्पसंख्यकले हालको अवस्थामा कसरी बाँच्न सक्छौँ भनेर विचार गर्नुपर्ने अवस्था छ वा कसरी प्रतिरोध गर्ने भनेर विचार गर्नुपर्ने अवस्था छ । यी प्रश्नका उत्तर सहज छैनन्, किनभने भारतमा जतिसुकै शान्तिपूर्ण विरोध नै किन नहोस्, त्यसलाई आतंकवादजत्तिकै अपराधका रूपमा हेर्ने गरिन्छ ।  जजिराबाट 

ad
ad