मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७९ असार ३ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पा जिससमा प्रमुखसहित सबै पदमा एमालेको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १९:२o:oo

जिल्ला समन्वय समिती पाल्पाको प्रमुखमा नेकपा एमालेका टंकनाथ खनालसहित प्यानलै विजयी भएको छ । यसैगरी उपप्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा  निस्दिकाप्रताप सिंह थापा पूर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित भएका छन् । 

महिला सदस्यमा भविसरा सारू, विष्णु कँडेल, घिमिरे, वसन्ता ज्ञवाली र दलित महिला सदस्यमा केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत खड्गबहादुर केसीले बताए ।

विजेता प्रमुखसहित नेकपा एमालेका सबै उम्मेदवारहरूले ११ मत पाएका थिए भने गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार यमलाल तिमिल्सिनासहितको उम्मेदवारहरूले नौ मत पाएका थिए ।