१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समाजसेवी पाण्डे राष्ट्रपतिबाट सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३२:oo

समाजसेवी मुकुन्दराज पाण्डे सम्मानित भएका छन्। लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सम्मान गरेकी हुन्। पाण्डेलाई देशका बिभिन्न स्तरका सामाजिक एवं व्यावसायीक संघ संस्थाहरु तथा सहकारी अभियान मार्फत राष्ट्र र समाजसेवामा योगदान पुर्याएकोमा सम्मान गरिएको हो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पाण्डेसहित समाजसेवीद्वय नन्दकिशोर राठी र शेषनारायण श्रेष्ठलाई पनि सम्मान गरेकी छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपतका क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी थिइन्।

ad
ad