१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ ३० सोमबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताप्रति जनप्रतिनिधिको व्यवहार  समान हुनुपर्छ : मुख्यमन्त्री पाण्डे 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३० सोमबार १०:५७:००

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनप्रतिनिधिको व्यवहार सबै जनताप्रति समान हुनुपर्ने बताएका छन् । सोमबार बागमती प्रदेशका स्थानीय जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई हेटौँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘तपाईंहरूलाई भोट नहाल्नेलाई पनि पक्षपात गर्न पाउनुहुन्न, सबैलाई समेटेर लैजानुपर्छ,’ उनले भने, ‘सबै जनताप्रति जनप्रतिनिधिको व्यवहार समान हुनुपर्छ।’ कार्यक्रममा उनले  संघीयताका तीन तहबीच प्रतिस्पर्धा गर्ने नभई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । ‘प्रतिस्पर्धी संघीयता होइन, हामी सँगसँगै हिँड्न चाहन्छौँ,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धी संघीयता होइन, तीन तहबीच अधिकारको विषयमा झगडा गर्नुहुन्न।’

त्यस्तै, उनले स्थानीय तहलाई कानुन निर्माण गरेर अक्षरशः पालना गर्न र  जनप्रतिनिधिलाई डोजरे विकासबाट बाहिर निस्केर काम गर्न अनुरोध गरे। साथै मुख्यमन्त्री पाण्डेले प्रदेशले वडा समाजवादी कार्यक्रम ल्याउने र त्यसैअनुरूप काम गर्न जनप्रतिनिधिसँग आग्रह गरे।

‘संविधान र प्रदेशसँग नबाझिने गरी जनताका लागि कानुन बनाउन सक्नुहुन्छ । कानुन बनाउँदा छलफल गर्नुहोस् र बनाएपछि अक्षरशः पालना होस्,’ उनले भने, ‘संघीय सरकार टेलिभिजनमा देखिने सरकार हो, प्रदेश सरकार नजिक नै छ है भन्ने सरकार हो, तपाईंहरू स्थानीय सरकार जनमुखी र हरेक जनताको जीवनसँग गाँसिएको सरकार हो, मर्दा कात्रो पनि किनिदिनुपर्ने सरकार हो । डोजरे विकासबाट बाहिर निस्कनुहोस् ।’