मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरेमा स्थानीयसँग राजेश हमाल
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार ०८:०८:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘रातो टीका निधारमा...’ बजेपछि  रोकिएनन् राजेश हमाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार ०८:०८:००

अभिनेता राजेश हमाल सिनेमामा जस्तै सामाजिक कार्यक्रम पनि सक्रिय छन् । सामाजिक कार्यक्रमकै लागि उनै, हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरेमा पुगे ।आफ्नो गाउँ आएका अभिनेता हमाललाई गाउँभरिका वृद्धवृद्धा र बालबालिकाले निकै हार्दिकताका साथ स्वागत गरे । उनी स्थानीय पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई ‘ट्याब’ वितरण गर्न ज्यामिरे पुगेका हुन् । ‘ट्याब’मा विद्यार्थीका शैक्षिक सामग्री राखिएका छन् । ट्याब वितरण ‘के फाउन्डेसन’ अमेरिकाले गरेको हो । सिनेमामा मात्रै देखेका हमाललाई आफ्नै आँखाअघि देख्दा स्थानीयवासी निकै खुसी देखिन्थे । बालबालिकाले उनी अभिनीत गीत गाउँदै र नाच्दै स्वागत गरेका थिए । 

अमेरिकानिवासी प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयलाई पाँच–पाँचवटा ट्याब उपलब्ध गराएका थिए । १६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थीलाई सिकाउने नयाँ प्रविधि र अनलाइन कोर्सको डिजाइन गरिदिएका छन् । प्रकुल पनि अभिभावकसहित ज्यामिरे पुगेका थिए ।  ट्याब वितरणपछि ‘गोर्खाली तोक्मा’का सफिक न्यौपानेले सांगीतिक प्रस्तुति दिए । उनले हमालले अभिनय गरेका सिनेमाका गीत गाए । गीतकै बीचमा हमाललाई नाच्न आग्रह भयो । ‘अल्लारे’ सिनेमाको ‘रातो टीका निधारमा टलक्कै टल्कियो... गीत बज्न थालेपछि उनी जुरुक्कै उठेर दर्शकदीर्घामा पुगे र नाच्न थाले । 

हमालले अप्रत्यक्ष रूपमा दर्शकलाई दिनहुँ भेटे पनि प्रत्यक्ष रूपमा यसरी भेट्न पाएकोमा निकै खुसी लागेको बताए । उनले विद्यार्थीलाई शिक्षाको महत्वबारे बताएका थिए । ‘तपाईंहरूको अहिले पढ्ने समय हो । यो समय पढाइमै खर्च गर्नुस् । अहिले राम्रोसँग पढ्नुभएन भने भोलि यो समय फर्किएर आउँदैन,’ उनले भने । हमालले समाजलाई दिशा निर्देशन गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले विद्यार्थीलाई शिक्षामा जोड दिन आग्रह गरे । समाज रूपान्तरणका लागि सबैभन्दा धेरै भूमिका शिक्षाकै हुन्छ । यसकारण पढाइमा ‘फोकस’ गर्न उनले आग्रह गरे । 

उनले विद्यार्थी भविष्यको मात्रै नभएर वर्तमानको पनि सशक्त ‘फोर्स’ भएको बताए । ‘विद्यार्थीलाई भविष्य मात्रै भनिरहेका हुन्छौँ । तर, तपाईंहरू वर्तमानको सशक्त ‘फोर्स’ हो । तपाईहरूले आर्जनको गरेको ज्ञानले नै समाज कुन दिशातर्फ गइरहेको छ भन्ने निर्धारण गर्छ ।,’ उनले थपे ।  हमालले विद्यालय परिसरमा एभोगार्डाेको बिरुवा पनि रोपेका छन् । उनले गाउँघरमा डुल्दा र स्थानीयसँग साक्षत्कार गर्दा आनन्द मिल्ने बताए । मलाई हिमाल, पहाड र तराईका सबै क्षेत्र उतिकै मन पर्छ । त्यहाँका नागरिकप्रति उत्तिकै सम्मान रहेको र जहाँ पुग्छु त्यहाँ म रमाउने गरेको उनले बताए ।