१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख २३ आइतबार १९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तेन्जिङ हिलारी विमानस्थलमा पाँच दिनदेखि उडान ठप्प, यात्रु अलपत्र 

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:४६:oo

मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पाँच दिनदेखि हवाई उडान ठप्प बनेको छ । गत आइतबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्न प्राधिकरण लुक्लाले जनाएको छ । 

केही दिनयता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि कुनै पनि विमानले उडान भरेका छैनन् । बिहीबार सातवटा विमानको उडान तालिका भए पनि सबै रद्ध भएको प्राधिकरणका एटिसी अफिसर सागरप्रसाद कँडेलले बताए । उडान प्रभावित हुँदा झन्डै एक सयजना स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । 

करिब ११ दिनअघि मे २९ सगरमाथा दिवसमा खुम्बु आएका पर्यटकसमेत फर्किन सकेका छैनन् । मौसमका कारण हेलिकोप्टरले समेत उडान भर्न नसक्दा यात्रुहरू समस्यामा परेको पर्यटन व्यवसायीहरूले बताएका छन । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौं गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् । 

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै रहेको छ । गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पुर्याउन सकेको खण्डमा खुम्बु आउने पर्यटकले अहिले भोग्दै आएको समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए । 
 

ad
ad