१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटनाबारे सांसद ठगुन्ना : हत्यामा संलग्नको पहिचान हुँदा पनि किन पक्राउ परेनन् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:o३:oo

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको शैल्यशिखर नगरपालिकाकी अनिभा खडायतको हत्यामा संलग्न अपराधीहरू पहिचान भइसक्दा पनि पक्राउ नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अपराधीहरूलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरे।

‘अपराधमा संलग्न मुख्य अपराधीको पहिचान हुँदा पनि आजसम्म अपराधी पक्राउ पर्न सकेको छैन। सीमावर्ती जिल्ला भएको हुनाले सीमा पार गरेर अपराधी भाग्न सक्ने सम्भावना छ। नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु, अपराधी व्यक्तिहरू त्यही ठाउँमा लुकेर बसिरहेको अवस्थामा पनि किन आजसम्म पहिचान भएर पनि पक्राउ हुन सकिरहेका छैनन् ?’ उनले भने।

 

याे पनि पढ्नुहाेस् : आमासँगै छोरी मार्ने प्रयास, बलात्कारपछि हत्या गरिएको आशंका

ad
ad